२० श्रावण २०७८, बुधबार
गृह नेप्से १९.१२ अंकले बढ्यो
नेप्से १९.१२ अंकले बढ्यो

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज उकालो लागेको छ। आज नेप्से दोहोरो अंकले उकालो लागेको छ। कूल २२४ कम्पनीहरुको शेयर कारोबार हुँदा आज नेप्से १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा पुगेको छ। नेप्सेका अनुसार आज नेप्सेमा ६ अर्ब ७० करोड ७७ लाख बराबरको कारोबार भएको छ।

आज कारोबार भएका समूहमध्ये नन लाइफ इन्स्योरेन्स समूहबाहेक मध्ये अन्य सबै समूह बढेका छन्। आज ओरियण्टल होटल, गुडवील फाइनान्स कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन्। यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ।


त्यसैगरि, आज कुमारी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ। जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो।

Facebook Comments

हरेक खबर खास खबर