३ कार्तिक २०७८, बुधबार
गृह प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक—एकै पटक चार जना सचिव बन्दै
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक—एकै पटक चार जना सचिव बन्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ६ बजे बस्ने बैठकले रिक्त रहेका ४ जना सचिवको नियुक्ति गर्ने जनाइएको छ।

सचिव रिक्त रहेका स्थानमा लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ। जसमा प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई आयोगले सिफारिस गरेको छ। उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन्।


कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन्। इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन्। उक्त समूहबाट एक–एक जना सचिवमा नियुक्त हुनेछन्।
प्रशासन सेवाबाट भने एक जनामात्र सहसचिव डा.दामोदर रेग्मी सिफारिस भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर