३ कार्तिक २०७८, बुधबार
गृह देशभर थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृतकको संख्या ९ हजार १४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर