२२ मंसिर २०७८, बुधबार
गृह ‘ओलीजीले संसद विघटन गरेर विश्व रेकर्ड कायम राख्नुभयो’
‘ओलीजीले संसद विघटन गरेर विश्व रेकर्ड कायम राख्नुभयो’

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) की नेतृ प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड कायम राखेको बताएकी छन्।

बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा २ पटक विघटन गरेको बताईन्।


उनले भनिन् , ‘संवैधानिक अधिकार नभए पनि एउटै संसद्लाई दुई(दुई पटक विघटन गर्ने प्रधानमन्त्रीको रुपमा ओलीजीले विश्वमै रेकर्ड कायम राख्नु भयो,’ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अपव्याख्या गरेको उनले आरोप लगाइन्।

‘कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी गर्नुभयो तर राष्ट्रपति ज्यूले २१ घण्टाको छोटो समयमा नै दलको निर्णय विपरीत समर्थन गरेको भन्दै देउवाजीको दावी अमान्य ठहराउनु भयो। प्रधानमन्त्री पदमा ओलीजीलाई नै निरन्तरता दिने आशयले राष्ट्रपति ज्यूले संविधानको अपव्याख्या गर्नुभयो’, उनले भनिन्।

Facebook Comments

हरेक खबर खास खबर