१७ श्रावण २०७८, आईतवार
गृह अदालतको अन्तरिम आदेश थाहा नपाउने कसरी मन्त्री भए?: रामनारायण बिडारी
अदालतको अन्तरिम आदेश थाहा नपाउने कसरी मन्त्री भए?: रामनारायण बिडारी

काठमाडौं। राष्ट्रियसभा सदस्य तथा अधिवक्ता रामनारायण बिडारीले नागरिकता अध्यादेश २०७८ सदनमा पेश गरेको भन्दै नियमापत्ति गरेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अध्यादेश पेश गर्न मन्त्री वसन्त नेम्वाङलाई बोलाएपछि उनले अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अध्यादेश पेश गर्न नहुने भन्दै नियमापत्ति जनाएका थिए।


‘सर्वोच्चको आदेश सबैले मान्नु पर्छ। संविधानको अन्तिम व्याख्या अदालतले गर्छ। सदनलाई पनि अपहेलना मुद्दा लाग्छु, उनले भने, ‘सदनमा पनि अदालतलाई हेप्ने काम गरिएको छ। यो अध्यादेश पेश नगरौं।’

सर्वोच्च अदालतले उक्त अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थाहा छ कि छैन भन्दै उनले प्रश्न गरे। ‘यतिसम्म थाहा नपाउने मान्छे कसरी मन्त्री भए’, उनले भने।

उक्त अध्यादेश पेश गर्ने अनुमति दिएर गल्ती गर्न उनले आग्रह गरे।

Facebook Comments

हरेक खबर खास खबर