१७ श्रावण २०७८, आईतवार
गृह एमालेको केन्द्रीय कमिटीको बैठक आज, नेपाल पक्ष नजाने
एमालेको केन्द्रीय कमिटीको बैठक आज, नेपाल पक्ष नजाने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

आजको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ।


एमाले केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बोलाइएको छ। शुक्रबारको बैठकमा सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले खासखबरलाई बताए।

‘सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु। टेलिफोनबाट पनि जानकारी गराउँछु’, तामाङले भने। तामाङले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि नेपाल पक्षका सबै नेतालाई खबर पठाएको बताएका थिए।

तर आजको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ। उक्त समूहले समूहले अध्यक्ष केपी शर्मा ओलील आज बोलाएको केन्द्रीय कमिटी बैठक अवैध भएको निष्कर्ष निकालेको छ।

यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णयसमेत गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर