२० श्रावण २०७८, बुधबार
गृह युरोपमा कोरोनाको नयाँ लहर फैलिन सक्ने डब्ल्युएचओको चेतावनी
युरोपमा कोरोनाको नयाँ लहर फैलिन सक्ने डब्ल्युएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोपमा नयाँ लहर फैलिन सक्ने भन्दै चेतावनी दिएको छ।

कोरोनाले निकै आक्रान्त पारेको युरोपमा जनजीवन सहजतर्फ जाँदै थियो। झण्डै दुई महिनापछि संक्रमितको संख्यामा बढोत्तरी हुन पुगेसँगै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो।


पछिल्लो समय युरोपका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओले युरोपमा संक्रमितको संख्या १० प्रतिशतले वृद्धि भएको भन्दै सावधानी अपनाउन आग्रह गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर