३ कार्तिक २०७८, बुधबार
गृह चार सहसचिव सचिवमा बढुवा, ३ सचिव पद अँझै प्रशासनतर्फ रिक्त
चार सहसचिव सचिवमा बढुवा, ३ सचिव पद अँझै प्रशासनतर्फ रिक्त

सरकारले ४ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले डा.दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा। कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई सचवमा बढुवा गरेको हो।

रेग्मी ज्येष्ठताको आधारमा बढुवा भएका हुन्। ज्येष्ठताको आधारमा बढुवा हुने लाइनमा उनी एकमात्र अधिकारी थिए । प्रशासनसेवातर्फ सिफारिस भएका तीन जना वरिष्ठ सहसचिवमध्ये गणेशप्रसाद पाण्डेलाई सचिवमा बढुवा गरिएको छ।


डा.दामोदर रेग्मी र पाण्डे प्रशासनतर्फ तथा आचार्य र बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन्।

यसैगरी सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फबाट बढुवा गर्न पाण्डेसँगै मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई पनि सिफारिस गरेको थियो । यी तीनजनामध्ये मन्त्रिपरिषद बैठकले पाण्डेलाई चुनेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन सचिव पद रिक्त छ ।

Facebook Comments

हरेक खबर खास खबर