३ कार्तिक २०७८, बुधबार
गृह नेपाली काँग्रेसको पदाधिकारी बैठक आज
नेपाली काँग्रेसको पदाधिकारी बैठक आज

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बिहीबार आवश्यक तयायी नपुगेको भन्दै स्थगित भएको बैठक आज(शुक्रबार) बस्न लागेको हो।

काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ।


काँग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए।

बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।

महाधवेशनको तयारीमा जुटेको काँग्रेसमा फेरि क्रियाशिल सदस्यता विवाद बढेपछि शीर्ष तहबाट टुंगो लगाउनुपर्ने दवाब बढेको थियो।

Facebook Comments

हरेक खबर खास खबर