२२ मंसिर २०७८, बुधबार
गृह बारामा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु
बारामा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

बारामा जङ्गली हात्तीको आक्रमणमा परेर एक किसानको मृत्यु भएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका–२ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको शुक्रबार बिहान मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए।


बिहान साढे ८ बजेतिर खेतमा काम गर्न गएका बेला पटेललाइ हात्तीले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पाल कलैया ल्याउँदै गर्दा उनको मृत्यु भएको मिश्रले जानकारी दिए।

मानववस्तीभन्दा करिब १५ किलोमिटर टाढा रहेको पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट गाँउमा पसेको हात्तीले पटेललाई आक्रमण गरेको मिश्रले बताए।

Facebook Comments

हरेक खबर खास खबर