३ कार्तिक २०७८, बुधबार
गृह बाढीपहिरोबाट दुई सातामा ३३ को मृत्यु, ३० सम्पर्कविहीन
बाढीपहिरोबाट दुई सातामा ३३ को मृत्यु, ३० सम्पर्कविहीन

काठमाडौं। यसबर्षको मनसुन भित्रिएदेखि आजसम्म देशभरका बिभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परि ३३ जनाको मृत्यु भएको छ। ३० जना सम्पर्कविहीन भएका छन्।

३१ जेठदेखि १७ असारसम्म बाढी र पहिरोका १६८ घटनामा ३३ जनाले ज्यान गुमाएका हुन्। जसमा ३० जना हराइरहेका छन् भने ३० जना घाइते भएका राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।


केन्द्रका अनुसार, सिन्धुपाल्चोकमा पाँच, रोल्पामा तीन, प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई–दुई तथा बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, दाङ र सिन्धुलीमा एक–एक जनाको ज्यान गएको हो।

त्यस्तै, बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, दाङमा दुई तथा धादिङ, बाजुरा, गोरखा, रुपन्देही र कालिकोटमा एक–एक जना सम्पर्कविहीन रहेका छन्।

अहिलेसम्म बाढी र पहिरोमा ४७५ निजी घर पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, ११२ घरमा आंशिक क्षति पुगेको छ।

यससँगै ३६ वटा सरकारी कार्याल्य, ६ वटा विद्यालय तथा सामुदायिक भवन, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ वटा जलविद्युत् योजना, पाँच वटा काठको पुल र दुई वटा ब्यांक तथा वित्तीय संस्थामा क्षति पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर