२० श्रावण २०७८, बुधबार
गृह कोशी, नारायणी र कमला नदीमा बाढी, बिषेश सावधानी अपनाउन आग्रह
कोशी, नारायणी र कमला नदीमा बाढी, बिषेश सावधानी अपनाउन आग्रह

काठमाडौं। पछिल्लो पटक भएको भारी बर्षातका कारण देशभरका बिभिन्न नदी तथा खोलाहरुमा बाढी आएको छ। केही नदीमा भने खतराको तह पनि पार गरेको छ।

नेपाल बाढी पुर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती नदीमा बाढी आएको जानकारि दिएकाे छ।


यस्तै पूर्वी राप्ती नदीमा पनि बाढी आएको छ। बाढीले खतराको तह पार गर्नै लागेका बेला जोखिम हुने भन्दै चितवन आसपासका क्षेत्रमा भने सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै महाशाखाले नदी तथा खोलामा बाढी आउँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरुमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर