३ कार्तिक २०७८, बुधबार
गृह बाढी पहिरो : देशभर १८ राष्ट्रिय राजमार्ग अवरुद्ध
बाढी पहिरो : देशभर १८ राष्ट्रिय राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका बिभिन्न राजमार्गहरु अवरुद्ध भएका छन्। सडक विभागका अनुसार देशभरका १८ राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन्।

सिद्धार्थ राजमार्ग, साँफेबगर मार्तडी कोल्टी, डुम्रे–बेशीशहर, राप्ती राजमार्ग, कर्णाली, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग, र अरनिको राजमार्ग अवरुद्ध भएका छन्। यस्तै मदन भण्डारी राजमार्ग, स्याप्रुवेशी रसुवागढी र महेन्द्र राजमार्ग लगायतका मार्ग अवरुद्ध भएका छन्।


विभागका अनुसार कुल ९४ राष्ट्रिय राजमार्गमध्ये ५२ वटा एकतर्फी रुपमा संचालमा आएका छन् भने २७ वटा सडक दुई तर्फी रुपमा नै चलिरहेका छन्।

पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर