३ कार्तिक २०७८, बुधबार
गृह प्रधानमन्त्रीका तर्फबाट १ घण्टा ३० मिनेटमा १३ वकिलले बहस गर्दै
प्रधानमन्त्रीका तर्फबाट १ घण्टा ३० मिनेटमा १३ वकिलले बहस गर्दै

काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीहरुले वहश निरन्तर राख्ने भएका छन्। प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन्।

शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ।


प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन्। अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन्। उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीले १ घण्टा र अरु आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ।

Facebook Comments

हरेक खबर खास खबर