१७ श्रावण २०७८, आईतवार
गृह केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद
केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन सम्बाद भएको छ।

दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।


उनीहरुबीच टेलिफोन सम्बादका क्रममा ओलीले नेपाललाई केन्द्रीय कमिटी बैठकमा बोलाएका छन्।

फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्ने नेता तामाङले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर