३ कार्तिक २०७८, बुधबार
गृह एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार गए बामदेव
एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार गए बामदेव

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार गएका छन्।

गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियत गौतमलाई प्राप्त भएको बताउँदै उनी बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताए।


माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ। बिहबिार बसेको नेपाल पक्षका नेताहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको थियो।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ। शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन्। पार्टीभित्र अन्तरविरोध चलिरहँदा वामदेव भने स्वतन्त्र भूमिकामा रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर