२० श्रावण २०७८, बुधबार
गृह विपक्षी विद्यार्थी सङ्गठनले आन्दोलनका थप कार्यक्रम तय गर्दै
विपक्षी विद्यार्थी सङ्गठनले आन्दोलनका थप कार्यक्रम तय गर्दै

काठमाडौं। आन्दोलनका थप कार्यक्रमहरु तय गर्न विपषी गठबन्धनका विद्यार्थी संगठनको संयुक्त बैठक बसिरहेको छ।

शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा काँग्रेस निकट, नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंबीच छलफल भइरहेको हो।


बैठकमा देशभर सञ्चालित आन्दोलन सफल बनाउन सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भत्र्सना गर्ने तिमल्सिनाले बताए।

महामन्त्री बलदेव तिमल्सिनाका अनुसार आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रम तय गर्दै विगतका कार्यक्रमको समीक्षा गर्ने छ।

Facebook Comments

हरेक खबर खास खबर