२० श्रावण २०७८, बुधबार
गृह प्रतिनिधिसभा विघटन मुद्दाः सभामुखको तर्फबाट यी ५ अधिवक्ताले बहस गर्दै
प्रतिनिधिसभा विघटन मुद्दाः सभामुखको तर्फबाट यी ५ अधिवक्ताले बहस गर्दै

प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्नीप्रसाद सापकोटाका तर्फबाट ५ अधिवत्ताले वहश गर्ने भएका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनस्र्थापना र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथि सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका हुन्।


सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्।

आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने भएको हो।

प्रधानमन्त्रीका वकिलहरुका लागि १ घण्टा ३० मिनेटमा मात्रै समय बाँकि छ। उक्त समयावधीमा केपी ओली पक्षका १३ जना अधिवक्ताले वहश गर्नेछन्।

Facebook Comments

हरेक खबर खास खबर