२० श्रावण २०७८, बुधबार
गृह पार्टी र सरकारविरुद्धको स्याल हुइयाँ धेरै टिक्दैन: प्रधानमन्त्री ओली
पार्टी र सरकारविरुद्धको स्याल हुइयाँ धेरै टिक्दैन: प्रधानमन्त्री ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले पार्टी र सरकारविरुद्ध स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन्।

एमाले केन्द्रीय कमिटीको १३ औं बैठकलाई शुक्रवार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताए।


‘पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन्। तर, स्याल हुइयाँ टिक्नेवाला छैन। फेरि पनि नेपालको राजनीति एमालेकै केन्द्रबिन्दु वरिपरि रहेर अघि बढ्छ,’ ओलीले भने।

ओलीले आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताए।

‘राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन्। आज हामी केही जरुरी र महत्त्वका विषयमा निर्णय गर्नेछौं,’ ओलीले भने ।

एमालेको १३ औं केन्द्ीय कमिटी बैठक अहिले बसिरहेको छ। उनले राम्रो काम गर्दागर्दै पनि पार्टी फुटाउन खोजिएका आरोप लगाए ।
केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरू सहभागी छन्।

Facebook Comments

हरेक खबर खास खबर