१७ श्रावण २०७८, आईतवार
गृह प्रतिनिधिसभा विघटनको मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन
प्रतिनिधिसभा विघटनको मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधिन मुद्दाका प्रयोग भएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिन एमालेले निर्देशन दिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमनले कैन्द्रीय कमिटी बैठकले यस्तो निर्देशन दिएको हो ।


बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक बनाएर लैजाने भन्दै दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिए।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि नेपानल समूहका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका थिए।

एमाले संसदीय दलका नेता केपी पनि एमाले र जसपाको समर्थन रहेको भन्दै दाबी पेश गरे। राष्ट्रपतिले दुबैको दाबी नपुगेको निर्णय सुनाएपछि ७ जेठको मध्यरातमा प्रतिनिधिसभा भंग भयो।

प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गए। अदालत जानेमा माधव नेपाल समूहका २३ निवर्तमान सांसद पनि छन्।

Facebook Comments

हरेक खबर खास खबर