१७ श्रावण २०७८, आईतवार
गृह वामदेवले ओलीलाई भने : ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न’
वामदेवले ओलीलाई भने : ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न’

काठमाडौं।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन्। ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनले भने ।

गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने बताएका छन्। गौतमले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको कुरा दोर्होयाउँदै भने, ‘पार्टी एकता आजको मुख्य आवश्यकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ। कसले हामीलाई छिन्नभिन्न पर्न खोज्दैछ भन्ने बुझ्न जरुरी छ ।’


गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि आग्रह गरेका छन्। आफूले सधैँ एकता नै हुनुपर्छ भनेर गतिविधि सञ्चालन गरेको पनि बैठकमा जानकारी दिएका थिए ।

 

Facebook Comments

हरेक खबर खास खबर