२२ मंसिर २०७८, बुधबार
गृह माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन्: प्रधानमन्त्री ओली
माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन्: प्रधानमन्त्री ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिए।

‘हिजो मैले माधव नेपाललाई फोन गरेँ। भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, ‘उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो।’


उनले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र पार्टी कमजोर बनाउन खोज्ने क्रियाकलाप जारी राख्दा ‘कसरी हुन्छ पार्टी एकता रु’ भन्दै प्रति प्रश्न गरे । ‘यसमा त अध्यक्ष त के अध्यक्षको हजुरबुवाले पनि सक्दैन,’ ओलीको भनाइ थियो ।

Facebook Comments

हरेक खबर खास खबर