१७ श्रावण २०७८, आईतवार
गृह एमाले केन्द्रीय कमिटी बैठक भोली फेरी बस्नेःशंकाको लाभ लिएर पार्टी जेठ २ मा फर्काएको दावी
एमाले केन्द्रीय कमिटी बैठक भोली फेरी बस्नेःशंकाको लाभ लिएर पार्टी जेठ २ मा फर्काएको दावी

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शनिबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो।

आजको बैठकले माधव नेपाल पक्षलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन २ दिनको अल्टिमेटम दिएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्।


हस्ताक्षर फिर्ता लिए पार्टी एक बनाएर लैजाने पार्टी अध्यष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन्। बैठकमा बोल्दै ओलीले शंकाको लाभ लिएर पार्टीलाई जेठ २ मा फर्काएको दाबी गरे।

आफूहरुको हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिइएको उनले आरोप लगाए। आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ जानु लाजमर्दो भएको पनि प्रधानमन्त्री ओलीको भनाई छ।

शहरमा एमाले सिध्दियो भन्ने प्रचार गरिएको भए पनि राजनीति एमाले वरिपरि नै घुम्ने उनको भनाई छ। ओलीले विपक्षी गठबन्धनमाथि देशलाई हिंसा र मुडभेडतर्फ लैजान खोजेको आरोप समेत लगाए।

यसैबीच अध्यक्ष ओलीले भोली बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन्।

आजको बैठकको उद्धाटन गर्ने वित्तिकै ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन्। उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उनको भनाई छ।

त्यसअघि माधवकुमार नेपाल समूहनिकट नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक रोकेर एकताको पहल गर्न आग्रह गरका थिए।

अध्यक्ष ओलीले बोलाएको बैठक अगाडि बालुवाटार पुगेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठक रोकेर माधव नेपालसँग कुरा गर्न आग्रह गरेका थिए।

नेताहरुले अध्यक्ष ओलीलाई बैठक रोकेर कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन सुझाव दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर