२२ मंसिर २०७८, बुधबार
गृह थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि
थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। छिल्लो २४ घण्टामा देशभर थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


आज देशभर ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन्।

हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन्।
आज देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Facebook Comments

हरेक खबर खास खबर