१७ श्रावण २०७८, आईतवार
गृह नेपालमा असार २४ गतेदेखि कोरोना खोप आउने
नेपालमा असार २४ गतेदेखि कोरोना खोप आउने

नेपालमा असार २४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने बताईएको छ।


त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए।

यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ।

Facebook Comments

हरेक खबर खास खबर