३ कार्तिक २०७८, बुधबार
गृह माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना गम्भीर घाइते
माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना गम्भीर घाइते

काठमाडौं। रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। शुक्रवार साँझ आठबिसकोट नगरपालिका–३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका कार्यकर्ताहरु गोपाल विक र राजु विक गम्भीर घाइते भएका छन्।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याइएको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो।


झडपमा संलग्न नेपाली कांग्रेसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए। उनका अनुसार सञ्चार सम्पर्क समेत हुन नसकेको घटनाको थप विवरण आउन सकेको छैन।

नेपाली कांग्रेस रुकुमले भने पक्राउ परेका भनिएका गोपाल बोहरासहित केही कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियारसहित आक्रमण गरेर बेपत्ता बनाएको आरोप लगाएको छ।

Facebook Comments

हरेक खबर खास खबर