३ कार्तिक २०७८, बुधबार
गृह गोरखामा पहिरोले पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु
गोरखामा पहिरोले पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

गोरखा। गोरखामा पहिरोले घर पुरिँदा घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

जिल्लाको सिरानचोक गाउँपालिका–७ मा गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो।


इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन्।

गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर