३ कार्तिक २०७८, बुधबार
गृह अब कोरोना खोप पाइएन भन्ने अवस्थाबाट हामी अगाडि बढ्यौंः प्रधानमन्त्री ओली
अब कोरोना खोप पाइएन भन्ने अवस्थाबाट हामी अगाडि बढ्यौंः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप नपाइने अवस्था नरहने बताए। अब लगातार खोप आउने र लगाउनका लागि अभियान नै चलाइने उनले जानकारी दिए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा केही समय देखिएको समस्या समाधान भएको दाबी गर्दै अब खोप लगाएपछि कोरोना सर्ने अवस्था नै सिर्जना नहुने बताए हुन्।


केही हप्तामै सबैलाई खोप लागाउन नसकिने भएकाले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि सबैलाई खोप लगाइने उनको भनाइ छ।

Facebook Comments

हरेक खबर खास खबर