१७ श्रावण २०७८, आईतवार
गृह हार्न तयार छु, तर महाधिवेशन गरेरै छाड्छुः देउवा
हार्न तयार छु, तर महाधिवेशन गरेरै छाड्छुः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताए। आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको जानकारी दिएका हुन्।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिएका छन्। ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ। म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु। त्यसका लागि अब धमाधम काम हुनुपर्यो । जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, देउवाले भने।


उनले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नटुंगिए स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर