१७ श्रावण २०७८, आईतवार
गृह सप्तकोशीमा पानीको वहाव उच्च— ३० वटा ढोका खोलिए
सप्तकोशीमा पानीको वहाव उच्च— ३० वटा ढोका खोलिए

विराटनगर। सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। आज दिउँसो पानीको बहाव वहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ। शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो।

हिमाली र पहाडी क्षेत्रमा भएको वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन हुन्छ।


बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। कोसी ब्यारेजमा ५६ वटा ढोका छन् । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरेको उनले बताए।

दुई लाख ५० हजारभन्दा माथि गएपछि खतरा मानिन्छ। नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तीसमेत बालिएको छ।

Facebook Comments

हरेक खबर खास खबर