२० श्रावण २०७८, बुधबार
गृह विगु र गौरीशङ्करका नागरिकलाई खोप लगाइने
विगु र गौरीशङ्करका नागरिकलाई खोप लगाइने

दोलखा। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका दोलखाको विगु र गौरीशङ्कर गाउँपालिकाका स्थानीय वासिन्दालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको छ। विगुका ४५ वर्ष माथिका र गौरीशङ्कर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो।

दुई स्थानीय तहका नागरिकलाई यही असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था र खोप केन्द्रमा कोरोनाविरुद्धको पहिलो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए।


दुबै गाउँपालिकाका लागि सात हजार २०० भेरोसिल खोप प्राप्त भएको उनले जानकारी दिए। उनका अनुसार खोप लगाउन चाहने व्यक्रिले नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने छ।

जेठ २५ देखि २ असारसम्म भेरोेसिलको पहिलो खोप लगाएका जिल्लाभरका ६२, ६३ र ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक र सोही समयमा पहिलो खोप लागाएका अग्रपङ्तिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि दोस्रो खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर