३ कार्तिक २०७८, बुधबार
गृह ओलीको नेपाललाई प्रश्न– जेठ २ मा फर्किँदा पनि बैठकमा किन सहभागी नभएको?
ओलीको नेपाललाई प्रश्न– जेठ २ मा फर्किँदा पनि बैठकमा किन सहभागी नभएको?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्किएपछि पनि किन बैठकमा सहभागी नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रश्न गरेका छन्। माधव नेपाल पक्षकै मागअनुरुप आफूहरु जेठ २ मा फर्किएपनि नेपाल बैठकमा सहभागी नभएको भन्दै उनले आजको केन्द्रीय समिति बैठकमा आक्रोश पोखे।

‘जेठ २ मा फर्किएपछि उहाँहरु आउनुपर्दैन? जति गर्दा पनि जस्ताको जस्तै छ। केही पनि फरक परेको छैन ’, उनले भने। यद्यपी उनले माधव नेपाल बैठकमा नआएपनि पार्टी गतिशील ढंगले अघि बढ्ने स्पष्ट पारे।


सो क्रममा उनले विपक्षी मोर्चा कसका विरुद्ध बनेको भन्दै प्रश्न पनि गरेका छन्। ‘विपक्षी मोर्चाका कसका लागि बनेको हो। मलाई बनाइदिनुस् त साथीहरु’, एमाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो विपक्षी मोर्चा कोभिडविरुद्ध लड्न बनाएका हुन् यिनीहरुले? बाढीपहिरो पीडितको उद्दारका लागि हो?’

उनले नेता घनश्याम भुसालमार्फत आफूले नेपालसँग टेलिफोनमा कुरा गरेको पनि ओलीले बताए। सो

Facebook Comments

हरेक खबर खास खबर