३ कार्तिक २०७८, बुधबार
गृह प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता होइनन्ः ओली
प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरू एमालेका नेता होइनन्ः ओली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मुद्दाको फैसला हुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर गरेको हस्ताक्षर फिर्ता नगर्ने व्यक्ति एमाले नरहने बताएका छन्।

शनिबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताको लागि आफूहरू लचिलो भएको तर नेता नेपाल पक्ष त्यसअनुसार अगाडि नआएको बताए।


शनिबार पनि नेता नेपालसँग फोन वार्ता भएको बताउदै ओलीले फोन वार्तामा नेपालले केन्द्रीय कमिटी बैठक स्थगित गर्न र वार्ता कमिटीलाई छलफल गर्न दिन प्रस्ताव राखेको र आफूले सर्वोच्चमा दिएको हस्ताक्षर फिर्ता लिन भनेको ओलीले बताए।

आफूहरूलाई अल्मल्याउनका लागि नेपाल पक्षले वार्ता भनेर दुई जनालाई लगाएको पनि ओलीले बताए।

Facebook Comments

हरेक खबर खास खबर