३ कार्तिक २०७८, बुधबार
गृह कोपा अमेरिका: उरुग्वेलाई पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा
कोपा अमेरिका: उरुग्वेलाई पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा

कोलम्बियाले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। उरुग्वेलाई पेनोल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै कोलम्बियाले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

ब्राजिलको माने गारिन्चा फुटबल मैदानमा आइतबार बिहान भएको खेल गोल रहित बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लिइएको हो।


पेनाल्टीमा उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजले गोल गर्दा जोसे गिमिनेज र म्याथिस् भिनाले भने गोल गर्न सकेनन्।

कोलम्बियाको डुभान जापाटा, डाभिन्सन सान्चेज, यारी मिना र मिगुइल ब्रोजाले गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments

हरेक खबर खास खबर