३ कार्तिक २०७८, बुधबार
गृह उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सीडीओहरुको बैठक बस्दै
उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सीडीओहरुको बैठक बस्दै

काठमाडौं। काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ। उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन आज दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ। आजदेखि थप क्षेत्रमा खुकुलो बनाउनका लागि निर्णय हुनसक्ने बताईएको छ।


पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो।

पसलहरुपनि खोल्न दिइएको छ। उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

Facebook Comments

हरेक खबर खास खबर