३ कार्तिक २०७८, बुधबार
गृह प्रतिनिधिसभा विघटन मुद्दा: सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै
प्रतिनिधिसभा विघटन मुद्दा: सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै

प्रतिनिधिसभा विघटन प्रकरण स् आज सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै

काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज सभामुख तर्फका कनून ब्यवसायीहरुले वहश गर्ने भएका छन्। सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस गर्ने तयारी छ।


गत असार ९ गते शुरू भएको सुनुवाइमा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताले बहस गरेका छन्। उनीहरूले १४ घण्टा बहस गरेका छन् ।

सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन)का तर्फबाट ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए। उनीहरुले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन्। जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टा समय दिइएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने तय भएको छ । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ ।

Facebook Comments

हरेक खबर खास खबर