१७ श्रावण २०७८, आईतवार
गृह सर्लाहीका एक गाउँपालिका अध्यक्षको निधन
सर्लाहीका एक गाउँपालिका अध्यक्षको निधन

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ। ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए।

पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो।


अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिए।

अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

Facebook Comments

हरेक खबर खास खबर