२० श्रावण २०७८, बुधबार
गृह ट्युनिशिया नजिक डुंगा डुब्यो, ४३ प्रवासीको मृत्यु
ट्युनिशिया नजिक डुंगा डुब्यो, ४३ प्रवासीको मृत्यु

काठमाडौं । ट्युनिशिया नजिकको भूमध्य सागरमा डुंगा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ।

लिवियाबाट इटली जाँदै गरेको एक डुंगा भूमध्य सागरमा डुबेको हो। ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ।


सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए।

लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको अधिकारीहरुले बताएका छन्।

भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ। अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन्।

विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो। तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ।

इटलीको गृह मन्त्रालयका अनुसार गत वर्षको जुलाई महिनासम्ममा ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए। तर सन् २०२१ मा यो संख्या १९ हजार ८ सय पुगिसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर