२० श्रावण २०७८, बुधबार
गृह राष्ट्रियसभा बैठकः गृहमन्त्री पौडेलले सम्बोधन गर्ने
राष्ट्रियसभा बैठकः गृहमन्त्री पौडेलले सम्बोधन गर्ने

काठमाडौं। आईतबार बस्ने राष्ट्रियसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले सम्बोधन गर्ने भएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले समसामयिक विषयमा बोल्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ।


त्यस्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य रिक्तको जानकारी गराउनेछन्।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/७७’ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/७८ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

Facebook Comments

हरेक खबर खास खबर