२२ मंसिर २०७८, बुधबार
गृह अदालतले प्रधानमन्त्री तोक्नु संवैधानिक होला त?
अदालतले प्रधानमन्त्री तोक्नु संवैधानिक होला त?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतले रिट निवेदकहरूको संख्याका आधारमा ‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कत्तिको संवैधानिक हुन्छ ?’ भन्दै प्रश्न गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई इजलासबाट प्रधानन्यायाधीश राणाले संविधानको धारा ७६ (५) को व्याख्या गर्दा अदालतले प्रधानमन्त्री तोक्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न गरेका हुन्।


‘१ सय ४६ जना अदालतमा आएका छन्। अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त? के ७६ ९५० अनुसार अदालतले त्यसो गर्नु संवैधानिक हुन्छ त ?’, राणाको प्रश्न थियो।

Facebook Comments

हरेक खबर खास खबर