२२ मंसिर २०७८, बुधबार
गृह राष्ट्रियसभामा अस्मिता धामी हत्याबारे प्रश्नः, गृहमन्त्री भन्छन्ः अपराधीलाई कानून बमोजिम कारवाही गर्छौँ (भिडियाे)
राष्ट्रियसभामा अस्मिता धामी हत्याबारे प्रश्नः, गृहमन्त्री भन्छन्ः अपराधीलाई कानून बमोजिम कारवाही गर्छौँ (भिडियाे)

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका वडा नं ८ जमरानीमा स्वास्थ्यकर्मी अस्मीता धामीको मृत्यु प्रकरणबारे राष्ट्रियसभामा प्रश्न उठेको छ।

आईतबार बसेको राष्ट्रियसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा राष्ट्रियसभा सदस्य महेश कुमार महराले अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै के अब अस्मितले पनि निर्मालाको जस्तै नियति भोग्नुपर्ने हो? वा अस्मीता धामीले न्याय पाउँछ भन्दै प्रश्न गरे।


यदि अस्मिता धामीले न्याय पाउने भए कहिले पाउँछिन् र हत्यारा कहिले पत्ता लगाउनुहुन्छ भन्दै महराले गृहमन्त्री बिष्णु पौडेललाई प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री पौडेलले गृह प्रसासन सक्रियताका साथ अनुसन्धानमा लागेको र छिट्टै नै अपराधीलाई कानूनि दायरामा ल्याइ कानून बमोजिमको कारवाही गर्ने बताए।

Facebook Comments

हरेक खबर खास खबर