२० श्रावण २०७८, बुधबार
गृह शिक्षामन्त्रीको बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगिन् रुपा सुनार
शिक्षामन्त्रीको बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगिन् रुपा सुनार

कठमाडौं। काठमाडौंमा कोठा भाडा प्रकरणका कारण चर्चामा आएकि सञ्चारकर्मी रुपा सुनार सर्वोच्च अदालत पुगेकि छिन्। आईतबार सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो।


उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए।

सुनारले जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको सुनारको रिटमा उल्लेख छ।

उनले संवैधानिक अनधिकृत कार्य गर्ने शिक्षामन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई जातीय छुवाछुत तथा अन्य सामािजक भेदभाव ऐन बामेजिम अनुसन्धान तथा कारवाहीको माग गरेकी छन्।

सुनारको रिटमा मुद्दाको प्रमाणहरु नष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरबेटी सरस्वती प्रधानलाईसमेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरेकी छन्।

त्यस्तै सरकारी वकिलको कार्यालयलाई समेत विपक्षी बनाएकी छन्।

Facebook Comments

हरेक खबर खास खबर