२० श्रावण २०७८, बुधबार
गृह काठमाडौंमा पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला, जोरबिजोर हट्यो
काठमाडौंमा पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला, जोरबिजोर हट्यो

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी साधनमा जारी जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको छ। कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने निर्णय भएको हो।

आज बसेको काठमाडैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ।

त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ। अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन्।

Facebook Comments

हरेक खबर खास खबर