१७ श्रावण २०७८, आईतवार
गृह बिहानै काठमाडौंमा भूकम्पको धक्का
बिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं। काठमाडौंमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ। अहिले ६ बजेर ३३ मिनेटमा भूकम्प गएको हो। केही सेकेण्डसम्म उक्त झट्का महसुस गरिएको छ।

आज बिहान काठमाडौंमा गएको भूकम्पको केन्द्र बिन्दु काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।


केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

Facebook Comments

हरेक खबर खास खबर