२० श्रावण २०७८, बुधबार
गृह नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अबरुद्ध भएको छ। गएराती सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो।


पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए। पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए ।सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन्।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर