१७ श्रावण २०७८, आईतवार
गृह चर्चामा प्रियंकाः सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर
चर्चामा प्रियंकाः सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

सामाजिक सञ्जालमा समय–समयमा बिभिन्न कारणले चर्चामा आइरहने अभिनेत्री प्रियंका कार्की फेरी चर्चामा आएकि छन्।

पछिल्लो समय फेरी उनले सामाजिक संजालमा केही नयाँ ‘बेबी सावर’को तस्बिर सार्वजनिक गरेकि छिन्। सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन्।


म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन्। यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन्।

सो समय प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं।’

Facebook Comments

हरेक खबर खास खबर