८ कार्तिक २०७८, सोमबार
गृह प्रतिनिधिसभा विघटन मुद्दाः जवाफी बहस निरन्तर
प्रतिनिधिसभा विघटन मुद्दाः जवाफी बहस निरन्तर

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा निवेदक पक्षका कानुन व्यवसायीहरुले सोमबार पनि बहश जारी राखेका छन्। काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन थालेका छन्।

जवाफ दिनका लागि संवैधानिक इजलासले छुट्याएको समय मध्ये २ घण्टा दुई मिनेट बाँकी छ। सो समय भित्र निवेदक तर्फबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन्।


प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार एसोसिएसनबाट बरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन्।

यस्तै एमिकस क्युरीमा नेपाल बारबाट बरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरी रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर