२२ मंसिर २०७८, बुधबार
गृह सुजिताको हत्यारा पत्ता लागाउन प्रहरी विरुद्ध नारावाजी, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सुजिताको हत्यारा पत्ता लागाउन प्रहरी विरुद्ध नारावाजी, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चितवन। जिल्लाको राप्ती नगरपालिका–३ कि २३ वर्षीया सुजिता भण्डारीको शव फेलापरेसंगै प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन्।

सुजिताको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन्।


युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको उनीहरुको आरोप छ। स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन्।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन्। उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको छ।

Facebook Comments

हरेक खबर खास खबर