३ कार्तिक २०७८, बुधबार
गृह कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्नेगरी कार्यतालिका स्वीकृत
कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्नेगरी कार्यतालिका स्वीकृत

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गर्नुभएको थियो।


विपक्षी दलहरूले संसद् पुनस्र्थापनालगायत माग राखेर यसविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी छ। नेपाली काँग्रेस लागता अन्य दलहरु भने प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनको बिरुद्धमा छन्।

तर, आयोगले भने सरकारको निर्देशनअनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर