१७ श्रावण २०७८, आईतवार
गृह प्रतिनिधिसभा विघटनः पक्ष विपक्षको बहश सकियो, एमिकस क्यूरीको वहश बाँकि
प्रतिनिधिसभा विघटनः पक्ष विपक्षको बहश सकियो, एमिकस क्यूरीको वहश बाँकि

काठमाडौं। प्रतिनिधि विघटन मुद्दामा पक्ष–विपक्षका वकिलको बहस सकिएको छ । असार ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार रिट निवदेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले जवाफी बहस गरेका थिए।

आज बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका छन्। उनीहरूको बहससँगै यो मुद्दामा पक्ष–विपक्षको बहस सकिएको छ।


अब खाजा समयपछि एमिकस क्युरीका सदस्यले इजलासमा आफ्नो राय पेस गर्नेछन्। एमकिस क्युरीमा रहेका चार जनालाई दुई घन्टा समय छुट्याइएको छ।

निर्धारित समयमै एमिकस क्यूरीहरुको वहश सकिए संवैधानिक इजलासले आजै मुद्दामा निर्णय सुनाउन सक्ने वा ढिलाई भए बहश भोलीसम्म पनि लम्बिएर जान सक्ने सम्भावना रहेको छ।

इजलासले आज फैसला नदिएर फैसला सुनाउने दिन पनि तोक्न सक्ने बताईएको छ।

विश्वासको मत पाउने नपाउने भन्ने राष्ट्रपतिले हेर्ने हो?
आजको वहशमा वरिष्ठ अधिवक्ता शम्भु थापाले कसले विश्वासको मत पाउने नपाउने भन्ने राष्ट्रपतिले हेर्ने हो? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा आज सर्वोच्च सर्वोच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले यो आधार राष्ट्रपतिले हेर्ने भए संसदको अधिकार के हो भनेर प्रश्न उठाएका हुन्।

उनले शेरबहादुर देउवाको मात्र नभएर रिट हाल्ने १४६ जना सांसदको हक अपहरण गरिएको बताए। उहाँले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष पेस गरिएको हस्ताक्षर कीर्ते नभएको पनि दाबी गरे।

Facebook Comments

हरेक खबर खास खबर